निर्धारित मुल्यमा उखु किन्न नसकिने: चिनी उद्याेगपति

सहबान अन्सारी, २ माघ नवलपरासी

नवलपरासीको ईन्दिरा सुगर मिलका प्रबन्ध निर्देशक सुरेन्द्र शुक्लाले निर्धारित ऊखुको मुल्य दिदाँ मिललाई घाटा हुने बताएका छन् ।

सरकारले यस बर्ष उखुको मुल्य प्रति क्विन्टल ४७१.२८ र थप सरकारी अनुदान ६५.२८ निर्धारण र चिनिको ५३ रुपया तय गरेकाेले संचालनमा आऊन ढिलाई भएको बताए ।

किसानहरुले क्रसिगं समय सकिन लागेपनि अहिले सम्म मिल किन संचालनमा आऊन सकेको छैन? प्रश्नको जवाब दिदै बागमती खाडसारी सुगर मिलका प्रबन्ध निर्देशक राम थापाले सरकार द्वारा उखुको मुल्य र चिनीको मुल्य निर्धारित मुल्यले मिल स्वतह: घाटामा जाने बताऊनु भएकाे छ । थापाले चिनिको मुल्य बढे मिलले निर्धारित मुल्य दिन तयार रहेको बताए ।

बेलाटारीमा अाज बुधवार  उखु किसानहरुको समस्या र सामाधान विषयक सर्वपक्षिय छलफलमा जिल्लाका दुइ ठुला चिनी मिलले किसान विरूद्धकाे प्रतिक्रिया दिए । उखु क्रसिगं समय करिब दुई महिना बितिसक्दा पनि जिल्लामा अवस्थित बागमती खाडसारी सुगर मिल कुडिया, ईन्दिरा सुगर मिल गंगापुर र लुम्बिनी चिनी कारखाना सुनवल अहिले सम्म संचालनमा नआएपछि किसानहरु थप समस्यामा परेकाे गुनासाे गरिएकाे छ ।

किसानहरुले समयमा भुक्तानी पाऊन नसेकाे चिन्ता व्यक्त गरे । उखु लिएर एक सालसम्म भुक्तानी नदिने मिलहरूले बिरामी पर्दा उपचारको लागी पनि भुक्तानी नदिदा दिक्क लागेर अाएकाे किसानले गुनासाे गरे । अाफुहरू ध्वनि प्रदुषण, वायु प्रदुषण, जल प्रदुषणको सामना गर्दै नगदेबालीको रुपमा ऊखु लगाऊदै आएपनि समस्याको सामाधान हुन नसकेको बताए ।

किसानले अबदेखि केही थप व्यवस्थाकाे समेत माग गरे । किसानका अनुसार बिचौलिया मार्फत नभई मिल मालिक र उखु किसानहरु बिच सिधा सम्पर्क रहनुपर्ने, समस्या पर्दा भुक्तानीको ब्यवस्था हुनु पर्ने माग गरेका थिए। यथा सिघ्र जिल्लाका तिन वटै मिल संचालमा ल्याऊनुपर्ने माग अगाडि सारे ।

चिनी मिल सञ्चालनमा अाउन २ महिना भन्दा बढि समय ढिलाइ भएपनि मिल कहिले देखि सञ्चालन अाउने भन्ने कुनै निष्कर्ष अाउन नसकेकाेमा किसान चिन्तित छन् । भेला उपलिब्ध मूलक हन नसकेकाे गुनासाे गरे ।