नाै वटा मोटरसाइकल सहित ६ लाख ९० हजारको मालसामान नियन्त्रणमा

संजय कुशवाहा, १२ असाेज
पश्चिम नवलपरासी प्रहरीले जिल्लाकाे विभिन्न स्ठानबाट ९ वटा मोटरसाइकल सहित ६ लाख ९० हजार मुल्य बराबरको हरियो मटर (केराउ) नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ ।
सिमा प्रहरी चौकी महेशपुरबाट सोमबार खटिएको प्रहरीकाे टोलीले सरावल गाउँपालिका वडा नं. ६ धनगढवाबाट ९ वटा मोटर साईकल यु पी ५६ ए ३३९२, यु पी ५३ ए जे ५८७०, यु पी ५७ सी ०८३०, यु पी ५६ वाई १९८८, यु पी ५६ के ९३२७, यु पी ५६ सी १००९, यु पी ५६ एस ३३८३, बा १६ प २०९४ र लु ४९ प ३०८१ नम्बरको मोटरसाइकल सहित ९ क्विन्टल (९ सय किलो ) अवैध हरियो मटर (केराउ) नियन्त्रण गरिएको छ ।
बरामद केराउको मुल्य ७२ हजार र मोटरसाइकलको अन्दाजी ५ लाख मुल्य गरी जम्मा ५ लाख ७२ हजार मुल्यकाे रहेको प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
त्यसैगरी अवैध रुपमा भारत तर्फ लैजादै गरेको ६८ हजार मुल्य बराबरको ८ सय ५० के.जी. हरियो मटर प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं.५ धर्मौलीबाट बरामद गरेको छ । 
नियन्त्रण गरिएको १७ क्विन्टल ५० किलो (१७ सय ५० किलो ) हरियो मटर, ९ वटा मोटरसाईकल समेतलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।