नारायणी नदीमा बालक बेपत्ता

सहबान अन्सारी, असाेज १७ नवलपरासी ।

नुहाउन गएका एक बालक अाज मंगलवार विहान नारायणी नदीमा हराएका छन् । विनयी त्रिवेणी गाउंपालिका वडा नं. ७ त्रिवेणीधाम घर भएका लालमणी थनेतका १० वर्षे छाेरा सुजन थनेत नदिमा हराएपछि उनकाे खाेजी गर्न थालिएकाे सइ लेखनाथ भण्डारीले जनाएका हुन् ।

तीनजना साथी संगै नुहाइरहेकाे बेला करिब सवा एघार बजेकाे समयमा सुजन हराएपछि साथीहरूले खबर गरेकाे बताइएकाे छ ।