नारायणीमा एक बालक बेपत्ता

संजय कुशवाहा, नवलपरासी असार ३० ।

नदीमा अाएकाे बाढी हेर्न पुगेका एक बालक अाज सनिवार अपरान्हदेखि नारायणी नदिमा हराइरहेका छन् ।

साथीसंग नारायणाी तटमा पुगेका १० बर्षे विशाल कुर्मी सुस्ता गाउपालिका वडा नम्बर ५ स्थित ठोकर नम्बर ५ ठाडीघाटमा नदिमा खसेर हराइरहेका छन् ।

करीब ४ बजे भएकाे साे घटना साथीेले जनाएपछि सार्वजनिक भएकाे हाे । नदीमा हराइरहेका स्थानीय बालक  बलिनगरका केश कुमार कुर्मीका छोरा हुन् । प्रहरी र स्थानीयले बालककाे खोजिकार्य गरिरहेका रामनगर प्रहरी चौकीले जनाएकाे छ ।