नवलपुरको पहिलो दिनको एसईई परिक्षा शान्तिपुर्ण

सदिक्षा गैरे
कावासोती १० चैत्र २०७५
नवलपुर जिल्लामा माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको पहिलो दिन शान्तिपुर्ण रुपमा सम्पन भएको छ । बिद्यार्थीहरु उत्साह पुर्वक परिक्षामा सहभागी भएका छन् । “जिल्लाका सबैं बिद्यालयमा शान्तिपुर्ण तवरले परिक्षा संचालन भएको छ ।”
शिक्षा विकास तथा समन्न्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले भन्नुभयो–“ पहिलो दिनको परिक्षामा परिक्षार्थीहरुको उत्साहजनक सहभागिता छ ।  “सचेत अभिभावक , अनुशाशित बिद्यार्थी र प्रभावकारी सुरक्षा समन्नवयका कारण आजको परिक्षा मयादित भयो ” पोख्रेलले भन्नुभयो ।
नवलपुरबाट कुल ६ हजार ६ सय ७० परिक्षार्थी सहभागी छन् । ति मध्ये ३ हजार ३ सय ३० छात्रा र ३३४० छात्र रहेका छन् । प्रमुख पोख्रेलका अनुसार जिल्लामा कुल २४ केन्द्रमा परिक्षा भएको छ । जसमा २४ केन्द्राध्यक्ष , ४३ सहायक केन्द्राध्यक्ष , ३ सय ३८ जना निरिक्षक , ६७ जना परिक्षा सहायक र १३७ जना सहयोगी परिचालित छन् ।
परिक्षाका लागि सुरक्षा व्यवस्था मजवुत पारिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाका अनुसार परिक्षालाई मर्यादित बनाउन सुरक्षा व्यवस्था मजवुत पारिएको छ । सबैं केन्द्रमा आबश्यक सहयोगका लागि सुरक्षाकर्मीहरु परिचालित भएका छन् । परिक्षा अमर्यादित नहोस् भनेर सुरक्षा सर्तकता अपनाईएको उहाले जानकारी दिनुभयो ।
परिक्षाका लागि कुल १२० जना नेपाल प्रहरी र त्यतीकैं संख्यामा शशस्त्र प्रहरी परिचालित भएको उहाले बताउनुभयो । यस वर्षदेखि पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार परीक्षा सञ्चालन हुँदै छ । आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी छन् ।
देशभरका परीक्षार्थीमध्ये २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं. ३ बाट १ लाख ६ सय २ र सवैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here