वृजराज कुशवाहा, नवलपरासी, जेष्ठ २५

नवलपरासी जिल्लाकाे दक्षिणी सीमामा खटिएकाे सशस्त्र प्रहरी र स्थानीयवासी बीच अाज अाइतवार दिउसाें झडप हुंदा दुबैतर्फ गरि १२ जना घाइते भएका छन् । प्रहरीले स्थितिलाइ नियन्त्रणमा लिन ४ राउण्ड हवाइ फायर गरेकाे छ ।

तस्विरः सञ्जय कुशवाहा

भारतबाट मल लिएर अाउदै गरेकी एक महिलालाइ सशस्त्र प्रहरीले सीमामा राेकेपछि कुटपिट गरेकाे भन्दै अाक्राेसित बनेका स्थानीयवासीले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । सयाैंकाे संख्यामा सीमामा पुगेका स्थानीयवासीकाे प्रहारले सशस्त्र प्रहरीका ६ जना घाइते भएका छन् । गाउं गाउंबाट अाएका स्थानीयवासीले गुलेली प्रहार गरेकाे सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाले बताए । उनले भने, भारतबाट मल ल्याउन नदिएपछि प्रहरीलाइ कुटिएकाे र चाैकी समेत भत्काइएकाे हाे ।

जिल्लाकाे प्रतापपुर गाउंपालिकाकाे वडा नं. ५ बसहियाकाे दक्षिणी सीमामा भएकाे यस घटनामा प्रहरीकाे अांखा र टाउकाेमा चाेट लागेकाे बताइएकाे छ । घाइते प्रहरीहरूलाइ उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएकाे बसहिया प्रहरी चाैकीका इन्चार्ज प्रसनी अाेम देव भट्टले बताएका छन् ।

यता सीमातर्फ गएका एक स्थानीय महिलालाइ भारतबाट मल ल्याएकाे भन्दै सशस्त्र प्रहरीले कुटपिट गरि मरणासन्न बनाएपछि सहयाेगका लागि अाफुहरू पुगेका बेला स्थानीयवासी समेतलाइ सशस्त्रले कुटपिट गरेकाे स्थानीयवासीले बताए । प्रहरीकाे कुटाइबाट ६ जना स्थानीय वासीन्दा घाइते भएका छन् । घाइते हुनेमा लक्ष्मण राजभर, विन्दा, अनुप, रमेश, राअासरे कुर्मी लगायतका रहेका वडाध्यक्ष त्रिभुवन सिंहले बताए । घाइतेकाे स्थानीय उपचार केन्द्रमा उपचार भइरहेकाे बताइएकाे छ ।

स्थिति नियन्त्रणमा लिन सीमामा प्रहरीकाे थप बल परिचालन गरिएकाे छ । प्रहरी र स्थानीयबीच घटनाबारे भाेली छलफल गरिने सहमति भएपछि स्थिति समान्य बनेकाे छ ।