नवलपरासी साबिक पकलिहवा गाविसका पुर्व अध्यक्ष रहेनन्

श्याम थापा/सुस्ता २३ भाद्र

नवलपरासी जिल्ला साविक गाविस पक्लिहवाका पुर्व गा बि स अध्यक्ष कृष्ण बहादुर थापाकाे हृदयघातका कारण निधन भएकाे छ ।

लगातार २ पटक गा बि स अध्यक्ष भई सेवा गर्नु भएका लंकापतिकाे नामले चर्चित अति मिलनसार र विकासप्रेमीकाे रुपमा चिनिनु हुन्थ्याे ।

गएराती हृदय घातका कारण भारतको गोरखपुरमा मृत्यु भएको परिवारजनले जनाएको छ । उपचारका लागि उनलाई गाेरखपुरमा भर्ना गरिएकाे थियाे ।

पुर्व गा बि स अध्यक्ष थापाको जन्म २०१० असार १७ गते साविक पक्लिहवा गा बि स को महलबारीमा जन्म भै मिति २०७५ भाद्र २३ गते बेलुकी ९ बजे ६५ बर्षको उमेरमा मृत्यु भएकाे हाे । उनक एक श्रीमति सुर्यमाया थापा क्षेत्री र ४ छोरा २ छोरी रहेका छन् ।

पुर्व अध्यक्ष थापाको अाज सनिवार सुस्ता गाउँपालिकाको वार्ड न ५ स्थित ठाडीघाटमा अन्त्येष्टि गरिएको छ ।