नवलपरासीमा मोटरसाईकल दुर्घटना ४ जना घाईते

सहबान अन्सारी

नवलपरासी बर्दघाट (सुस्ता पश्चिम) प्रतापपुर गाऊपालिका वडा नं ९ खैरहनीमा ( बर्दघाट त्रिबेणी) सडकखण्ड अन्तर्गत खजुरापुल नजिकै सवारी दुर्घटना हुदाँ ४ जना घाईते भएका छन ।
बर्दघाटबाट बेलाटारी तर्फ आऊदै गरेको लु२३ प ९७३२ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट आऊदै गरेको यु.पी.५६ ई८८२३ भारतिय नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदाँ मोटरसाईकल चालक बर्दघाट नगरपालिका वडा नं ४ बाढीपिडीत बस्ने ३२ बर्षिय टेक सिंह सुनार साथै पछाडी सवार सोही ठाँउ बस्ने ४० बर्षिय कन्हैया लाल चौधरी घाईते भएका छन ।
त्यस्तै अर्को सवारी चालक सुस्ता गाऊपालिका वडा नं ५ रतनगंज बस्ने २० बर्षिय रिजवान अन्सारी र पछाडी सवार सोही ठाउ बस्ने ३५ बर्षिय मुसाफिर अन्सारी घाईते भएका छन ।

सवारी दुर्घटनामा परि घाईते भएका हरुलाई सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतले जानकारी दिनु भयो ।
साथै दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ