नवलपरासीमा मोटरसाईकल दुर्घटना, तीनजना घाईते

संजय कुशवाहा, नवलपरासी माघ २८ ।

नवलपरासीको बैदौलीमा मोटरसाईकल दुर्घटना हुँदा तीनजना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिकाकाे वडा नं. ५ स्थित बैदाैली स्थित गण्डक नहरकाे बाटाेमा सांझ करिब साढे सात बजेकाे समयमा विपरित दिशाबाट अाएका दुइ माेटरसाइकल एक अापसमा ठाेक्किदा साे दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्लाकाे महलबारीमा सञ्चालन भएको मदारबाबा मेलाबाट फर्किने क्रममा युपी ५६ एच ५६२१ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको युपी ५६ एस ५२६० नम्बरको मोटरसाईकल एक आपसमा ठाेक्किएकाे स्थानीयले बताए ।

दुर्घटनामा दुबै मोटरसाइकलका चालक र पछाडी बसेका एकजना घाईते भएका हुन् । घाईते तीनजना मध्ये गम्भीर अवस्थामा रहेका भारत महराजगंज जिल्ला झुलनीपुर घर भएका गृजेश कुर्मी सहित सबैलाइ उपचारका लागि बर्दघाटको चौपत्ता स्थित सहिद स्मृति सामुदायिक अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ ।