सीमामा मटरसंगै कुखुरा तस्करी पनि तिब्र, प्रहरी नियन्त्रणमा ५ लाख बढिकाे सामान

संजय कुशवाहा, नवलपरासी साउन २६

पश्चिम नवलपरासीमा ५ लाख ३९ हजार ६ सय मुल्य बराबरको २ थान मोटरसाइकल सहित अवैध कुखुरा र चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार विहान भारतबाट नेपालतर्फ ल्याउदै गरेकाे ४४ गोटा (१ सय ३२ किलो ) बोइलर कुखुरा सहित युपी ५६ यल ०५७५ र युपी ५६ डी २४४८ नम्बरको भारतीय मोटरसाइकल गरि १ लाख करिब ३९ हजार ६ सय मुल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेस को सशस्त्र प्रहरी नायब निरीक्षक कोमल यादवको कमाण्डमा खटिएको टोलीलाई पाल्हीनन्दन गाउँपालिका वडा न.६ राजाबारी देखेपछि तस्करहरू मोटरसाइकल सहित कुखुरा फालेर भागेका थिए ।

त्यसै गरी सो गाउँपालिका वडा न. ६ सनई स्थित भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ५५ कार्टुन (५ सय गोटा)  बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल न: २६ गण का सशस्त्र प्रहरी निरीक्षक जनकजन भन्डारीको कमाण्डमा खटिएको टोलीलाई देखेर भागे पछि उक्त ५५ कर्टुन सहित कुखुराको चल्लाहरू नियन्त्रण गरिएको छ ।

नियन्त्रणमा लिएको २ थान मोटरसाइकल आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको छ भने बोइलर कुखुरा र चल्ला सोमवार स्थानिय बासिन्दा, पत्रकार, सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल न. २६ गणले जनाएको छ ।