नवलपरासीमा भयानक दुर्घटना, ३ घाईते

संजय कुशवाहा/ नवलपरासी साउन २

नवलपरासीको झुलनिपुर – त्रिवेणी सडक खण्डको बैदौलीमाअाज बुधवार मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।

जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं. ५ बैदाैली स्थित मुख्य पश्चिम गण्डक नहरकाे बाटाेमा करिब चार बजेकाे समयमा सोही दिशाबाट आउदै गरेको साईकलाई एक भारतीय प्लेट नम्बर भएका माेटरसाइकल पछाडि बाट ठाेक्किदा सो दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

झुलनिपुर बाट प्नतापपुर जाने क्रममा युपी ३२ सी सी १२१४ नम्बरको मोटरसाईकल र सोही दिशाबाट आउदै गरेको साईकल एक आपसमा ठाेक्किएकाे हाे ।

दुर्घटनामा मोटरसाइकल चालक र साईकल चालक घाईते भएका हुन् । घाईते तीन जना मध्ये गम्भीर अवस्थामा रहेका मोटरसाईमल चालक भारतको महराजगंज छितैना वर्ष २६ का अजय तिवारीलाई टाउकोमा गम्भीर चोट लागेको छ ।

तिवारीको अवस्था गम्भीर रहेको छ भने अर्को साईकल चालकहरू प्रतापपुर गाउपालिका वडा न.८ बस्ने बर्ष १८ का रामसुरत यादव सोही गाउका बर्ष १७ का सुरज गुप्ता सामान्य घाइते रहेका हुन्न ।

घाइतेहरूलाई उपचारको लागि सहिद स्मृति समुदायीक अस्पताल चौपता पठाईएको र मोटरसाइकल,साईकल प्रहरीको नियन्त्रणमा रहेको सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक तेजबहादुर बुढाथोकीले जनाएका छन ।