नवलपरासीमा बस दुर्घटना ३१ जना घाईते

परासी, २८ असोज । नवलपरासीको नवलपुर क्षेत्रमा बस दुर्घटना हुँदा ३१ जना यात्री घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नवलपुर क्षेत्र स्थित विनयीत्रिवेणी गाउँपालिका २ दुम्किबास सडकखण्डको घिउखोलामा आज विहान बस दुर्घटना हुँदा ३१ जना घाईते भएका हुन् ।
काठमाडौँबाट नेपालगञ्ज हिडेको ना ५ख ३९६४ नम्बरको बस तिब्र गतिका कारण अनियन्त्रित भई सडकबाट ५० फिट तल खस्दा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय नयाँ बेल्हानीले बताएको छ ।
बस दुर्घटटनामा घाइते भएका २३ जनाको अवस्था मध्यम र ८ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको स्थानिय र भरतपुर मेडिकल कलेजमा गरि उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।