नवलपरासीमा प्रहरीद्वारा ३ लाख बराबरको केराउ बरामद

संजय कुशवाहा / नवलपरासी साउन २३

पश्चिम नवलपरासीको सिमाबाट ३ लाख २० हजार मूल्य बराबरको अबैध केराउ प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपालबाट भारततर्फ अबैध रुपमा लग्दै गरेको ६४ बोरा (३२ क्विन्टल ) केराउ प्रतापपुर गाउँपालिका वडा न.५ धर्मौलीबाट प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो ।

उक्त नियन्त्रण गरिएको केराउ साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि केराउ फाली साईकल सहित मानिस भागेका थिए ।

उक्त केराऊ आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।