दशैंका दिन नवलपरासीमा हत्या

उर्मिला यादवको फेसबुक बाट

न्युज डेस्क, १७ असोज, नवलपरासी ।

नवलपरासीमा दशैंकाे दिन एक युवकको हत्या गरिएको छ । शव १५ गते आईतवारका दिन दिउसो धान खेतमा फेला परेपछि हत्या भएकाे घटना सार्वजनिक भएकाे हाे । लगत्तै प्रहरीमा खबर गरीएको थियो ।

सुनवल नगरपालिका २ बत्रौली बस्ने ३२ वर्षिय खेमराज (केदार) अहिरलाइ असोज १४ गते शनिवार राती ९ बजेको समयमा उनका साथी सोही ठाँउ बस्ने २४ वर्षिय सुरेन्द्र गिरीले एक ठाँउमा जाँउ भन्दै संगै लिएर गएकाे पारिवारिक श्राेतकाे भनाइ छ ।

अहिर रातभरी घर नफर्केपछि उनको दाई बाँसुदेव अहिर गिरीको घरमा खोज्दै पुगेका थिए । गिरीको घरबाट पनि अहिरको पता नलागेपछि खाेजी कार्य तिब्र पािरएकाे थियाे । खाेज्दै जांदा उनको शव १५ गते आईतवारका दिन दिउसो ४ बजेको समयमा घास काटन गएका एक ब्यक्तिले देखेपछि गाँउमा जानकारी गराएपछि प्रहरीमा खबर गरीएको थियो ।

शवमा धारीलो हथियार र लाठिका दागहरु देख्दा अहिरको हत्या नै भएको शंका गरिएको छ । परिवारले हत्यामा संलग्न रहेकाे शंका गरेकाे मृतकका साथी सुरेन्द्र गिरी र उनको भाउजु फुलमति गिरीले घटना घटेको दिनदेखि दुबै फरार रहेको प्रहरीले जनाएको छ ।
असोज १३ गते नवमीको दिन मृतक यादव र गिरीको घरपरिवारसंग सानो विषयमा झै–झगडा भएको थियो । सो विवादलाई आपसमा छलफल गरी मिलाईएको थियो तर फेरी त्यसको भोलि पल्ट राती गिरीले बोलाएर लगेका थिए र त्यही दिन देखि अहिर वेपत्ता भई १५ गते शव फेला परेको थियो ।

हत्यारालाई कार्यवाहिको माग गर्दै मृतक अहिरको दाई बासुदेव अहिर मंगलवार जिल्ला प्रहरी कार्यलायमा जाहेरी दिएका छन् । सो घटनामा आरोपित गिरी र उनको भाउजु फरार भएपछि गिरीको बुवा र भाईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेकाे जिल्ला प्रहरीकाे भनाइ छ ।