नवलपरासीमा ट्रकले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु !

सहबान अन्सारी, माघ ७ ।
नवलपरासीको बर्दघाटमा ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ जनाको मृत्यु भएको छ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग स्थित बर्दघाट नगरपालिका वडा नं.४ शान्तिनगर कलभर्ट नजिक आज बिहान पुर्व देखी पश्चिम तर्फ जादै गरेको ना. ६ ख ६५०५ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको साईकल यात्रीलाई पछाडीबाट ठक्कर दिदाँ बर्दघाट नगरपालिका वडा नं १२ जमुनिया बस्ने अन्दाजी ३० बर्षिय जगदेव थारु गम्भीर घाईते भएका थिए !
घाईतेलाई उपचारको लागी पृथ्वी चन्द्र अस्पताल परासी लग्दै गरेको अवस्थामा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ !
ट्रक प्रहरीको नियन्त्रणमा रहेको हुदाँ पनि चालक फरार रहेको छ ।