नवलपरासीमा ट्रकको ठक्करले एकको मृत्यु

नवलपरासी, भदाै २२ ।

नवलपरासी जिल्लाकाे देवचुली नगरपालिकामा विहिवार विहान भएकाे सवारी दुर्घटनामा परि एक स्थानीय युवकको ज्यान गएकाे छ । दुर्घटनामा देवचुली नगरपालिका १५ का २२ वर्षे महेन्द्र बिककाे उपचारको क्रममा देवचुली अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आज विहिवार विहान ८ बजे भएको उक्त दुर्घटनामा लु ११ प ९२३० नम्बरको मोटरसाईकलाई विपरीत दिसाबाट आउदै गरेको ना ५ ख ३७२२ नम्बरको ट्रकले ठक्कर दिएपछि घटना भएको हो ।

देवचुली नगरपालिका १३ स्थित पुर्वपश्चिम राजमार्गमा ठक्कर दिने साे ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।