नवलपरासीमा ट्याक्टर पल्टिँदा एक युवक घाइते

श्याम थापा, सुस्ता ३१ असोज ।
नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही स्थित गोकुलनगरमा ट्याक्टर पल्टिँदा एक युवक घाइते भएका छ्न ।

सुस्ता गाउँपालिका वार्ड न.४ नर्सही स्थित गोकुल नगर गाउँ बाट पुर्व बिगैप बाध तर्फ जादै गरेको लु २ त ६९५१ नम्बरको ट्याक्टर अनियंत्रित भै पल्टिँदा बाटो छेउमा हिडिरहेको सुस्ता गाउँ पालिका वार्ड न ४ नर्सहीको जरलैया बस्ने बर्ष १८ को बिबेक गुरुङ्ग घाइते भएका हुन ।

घाइते गुरुङ्गको उपचार सहिद स्मृति अस्पताल चौपतामा उपचार भैरहेको प्रहरी चौकी नर्सहीका ईन्चार्ज राजु पौडेलले जानकारी दिनु भएको छ । भने ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी नर्सहीको नियन्त्रणमा रहेको चौकी इन्चार्ज पौडेलले बताए ।