संजय कुशवाहा / नवलपरासी २ मंसिर
पश्चिम नवलपरासीको पुर्व पश्चिम राजमार्गमा गाडी रोकी पैसा असुली गर्न खोज्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा न.४ का २४ वर्षीय कमल राना, २४ वर्ष मनिष कुवँर, २३ वर्ष संजय सुनार, २९ वर्ष सुजनमान श्रेष्ठ, ३१ वर्ष निर्मल खरेल र ३० वर्ष सुजन तिमिल्सिना रहेका छन ।
कुखुरा बोकेको जिपलाई रोकी बिल भेटनरी देखा भनी गाडीको साचो खोस्न खोजी पैसा समेत माग गरी गाडीमा रहेका केही कुखुरा समेत क्षति पुर्याइएको हुदा ती ६ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।
साे समुहले लमजुङ देखि कुखुरा बाेकेकाे प्रदेश ०३-००१ च ०२२० नम्बरको जिपलाई कार्तिक ३० गते राति करिब १.३० बजेको समयमा बर्दघाट नगरपालिका ४ हाइवे चोक स्थित पुर्व पश्चिम राजमार्गमा साे घटना भएकाे बताइएकाे छ ।