श्याम थापा
सुस्ता ९ असोज
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न २ को वडा कार्यालयले ब्यक्तिगत घटना दर्ताकाे काम अनलाईनद्वारा सुरु गरेको छ ।
असोज १ गते देखी अारम्भ गरिएकाे घटना दर्ताले फाइल खाेज्ने झन्झटबाट मुक्ति मिलेकाे वडाध्यक्ष कृष्ण लाल मुखिया ले बताउनु भयो । सुस्ता गाउँपालिकामा ५ वडाहरु रहेको छ । ति ५ वडाहरु मध्येमा सुस्ता गाउँपालिकाको वार्ड न २ को वडा कार्यालयले अन्लाईन मार्फत ब्यक्तिगत घटना दर्ता प्रक्रिया सुरु गरेको पहिलो वडा रहेको सुस्ता गाउँपालिका वार्ड न २ का वडा सचिव बिष्णु प्रसाद ढकालले जानकारी दिनु भयो ।