सुस्तामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा २ युवक गम्भीर घाइते

श्याम थापा

सुस्ता २६ फाल्गुन

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाकाे कुडियामा ट्याक्टरले अाइतवार मोटरसाइकललाई ठक्कर दिदा सुस्ता गाउँपालिकाको दुई युवक गम्भीर घाइते भएका छन ।

कुडियाको चोकदेखी बाग्मती खाडसारी चिनी मिल कुडियाको गेट तर्फ जादै गरेको लु २ त ३१२९ नम्बरको ट्याक्टरले कुडिया बजार देखी चोकतिर आउदै गरेको यु पि ५६ भि ७९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई युवक गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा सुस्ता गाउँपालिका वार्ड न ३ गजेडी टोल बस्ने बर्ष २७ का तारकेश्वर चौधरी र वर्ष ३२ का श्रीलाल हरिजन रहेका छन् । घाइते चौधरीको दुईटै खुट्टा भांचिएको र छात्तीमा चोट लागेको छ भने हरिजनको एउटा खुट्टा भाचिएको र छात्तीमा चोट लागेको छ ।

घाइतेहरुलाई उपचारका लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा पठाएको प्रहरी चौकी कुडियाका इन्चार्ज राजेश नाउँले जानकारी गराउनु भएको छ । ट्याक्टरको चालक फरार रहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।