नवलपरासीको ऐतिहासिक मदारबाबा मेला सुरु, १० लाखले मेला भर्ने

श्याम थापा/सञ्जय कुशवाहा
सुस्ता २२ माघ
नवलपरासी जिल्लाको ऐतिहासिक धार्मीक स्थल एवम हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदार बाबाको मेला आज बाट सुरु भएको छ ।

लामो समय देखी लाग्दै आएको हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलामा अत्याधिक भिडभाड हुने मदरबाबा मेला ब्यवस्थापन समितीका संयोजक तथा सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बिश्वास लिएका छन ।

मदारबाबा मेलामा नेपालको बिभिन्न जिल्लाहरु र भारत उत्तरप्रदेश राज्य र बिहार राज्य प्रदेशको बिभिन्न जिल्लाहरुबाट करिश ५ लाख तिर्थालुहरुको उपस्थिती हुने सुस्ता गाउँपालिका अध्यक्ष एवम मेला ब्यवस्थापन समितीका संयोजक पाण्डेले बताउनु भएको छ ।

मेलामा तल र माथी गरि करिब २ हजार ५ सय पसलहरु रहेको र मेला माघको २२ गते देखी फाल्गुन १ गते सम्म लाग्ने आयोजकले जनाएको छ । मदार बाबा मेलामा माथी डाडाँमा रहेको मजारको दर्शन गर्दा बिभिन्न मनोकामना पुरा हुने र आफ्नो शरिरमा रहेको रोगहरु सबै निको हुने र सन्तान नभएकाहरुको सन्तान हुने धार्मीक आस्था रहेको मेलामा आउने तिर्थालुहरुले बताउने गरेका छन ।

मदरबाबा मेलामा अत्याधिक चाप बढने भएको कारणले तथा मेलाको दर्शन गर्न आउने तिर्थालुहरुलाई सुरक्षाको अन्भुत गराउनको लागी मेला ब्यवस्थापन समितीले नेपाल प्रहरी ६० जना,सशस्त्र प्रहरी बलको २५ जना र स्थानिय स्यवम सेवक २० जना गरि मदार बाबा मेलामा सुरक्षाका लागी परिचालन गरिएको र मेलामा सुरक्षा एकदमै टोलीहरुले राम्रो संग सहयोग गरिरहेको पनि कुतबुल मदारशाह जर्घा कमिटीका सचिव अजमुदिन अन्सारीले जानकारी गराउनु भएको छ ।

मदरबाबा मेलालाई थप ब्यवस्थापन गर्नका लागी सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको सयोजकतामा २१ सदस्यिय मुल समिती गठन गरिएको छ । त्यस्तै मदारबाबा मेलाको प्रचार प्रसारका लागी नेपाल पत्रकार माहा संघ जिल्ला कार्यसमिती नवलपरासीका जिल्ला कार्यसमितीका सदस्य एवम पत्रकार श्याम बुचा मगरको सयोजकतामा ३ सदस्य समिती गठन भएको छ भने खानेपानी सरसफाई ब्यवस्थापनका लागी वडा न.२ का वडा सदस्य कुन्ती मुखियाको अध्यक्षतामा ५ सदसिय समिती गठन गरिएको आयोजकले जनाएको छ ।