उमेश बि.क / नवलपरासी, २० चैत
नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ बसहि (नयाँटाेल ) मा सचेतना तथा साबुन बितरण गरिएको छ। विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न जिल्लाकाे सरावल गाउँपालिकाका वडा नं. १ का युवाहरु स्थानीयहरुको घर घरमा पुगी कोरोना भाइरसबाट बच्ने उपायहरु बारे घरका अभिभाबकहरुलाई सचेत गरिरहेका छन् l
एकातिर देशमा लक् डाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको बातावरण छ l मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर युवाहरु सरावल गाउँपालिका वडा नं. १ का स्थानीय जनतालाई प्रत्यक्ष रुपमा भेटि कोरोना भाइरसका लक्ष्यण र यसबाट बच्ने उपायहरु बारे सचेत गराई साबुन बितरण गरेका छन् l
सगरमाथा युवा क्लब बसही (नयाँटाेल ) द्वारा क्लबका अध्यक्ष टापेन्द्र प्रसाद न्यौपानेको संयाेजकत्वमा सरावल १ बसही नयाँटाेलमा २५० घर धुरीलाई सचेतना गराउदै साबुन बितरण गरिएकाे हाे ।
बितरण तथा सचेतना कार्यक्रममा स्थानिय युवाहरुकाे सक्रिय सहभागिता रहेकाे थियाे क्लबलाई वडा र गाऊपालिका स्तरबाट सहयाेग भएभएको खण्डमा वडा न.१ भरि नै कार्यक्रम अायाेजना गरिने क्लबका अध्यक्ष टापेन्द्र प्रसाद न्यौपाने जानकारी दिनुभएको छ।