नवलपरासीकाे दुर्गममा जनता बैंककाे एटीएम

नवलपरासी, ८ माघ

जनता बैंक लिमिटेडले नवलपरासीकाे बेलाटारीमा एटीएम सेवा सञ्चालनमा ल्याएकाे छ । बैंकले सधैं नै अाफनाे ग्राहककाे सेवा सुविधालाइ मध्यनजर राख्दै दुर्गम तथा पिछडिएकाे गाउं ठाउंमा सुविधा उपलब्ध गराउने साेंच अनुसार मंगलवार बेलाटारीमा एटीएम सेवाकाे अारम्भ गरेकाे हाे ।

बेलाटारीमा शाखा खाेलेर सेवा शुरू गरेकाे छाेटाे अवधि मै बैंकले सेवाग्राहीलाइ एटीएमकाे सुविधा उपलब्ध गराएकाे छ । एटीएम सुविधाकाे शुरूवात गर्दै शाखा प्रबन्धक सन्ताेष पन्तले सेवाग्राहीकाे मागलाइ उच्चतम कदर गर्दै बेलाटारीमा एटीएम सेवाकाे शुरूवात गरिएकाे बताउनुभयाे ।

नेपाल राष्ट्र बैंकबाट क वर्गमा इजाजत प्राप्त यस बैंकले ग्रामिण क्षेत्रमा शाखा खाेलेर सेवा दिदै अाएकाे छ ।