नदीले बगाउँदा एक युवक बेपत्ता, खाेजी कार्य जारी

नवलपरासी, साउन ६ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणाी नदीमा दाउरा टिप्न गएका ३२ वर्षे एक स्थानीय युवक हराइरहेका छन् । प्रहरीले उनकाे खाेजी कार्य जारी राखेकाे बताएकाे छ ।

उनकाे सुस्ताकाे वडा नं ४ नरसही गाउं बस्ने ३२ बर्षे सन्तु चौधरीकाे रूपमा पहिचान भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले बताए ।

नदीमा आएको बाढीमा साथी संगै दाउरा टिप्ने क्रममा भिरबाट खुट्टा चिप्लेर नदीमा खसेका हुन् ।