दुई सातापछि खुल्यो कोषको ताला

DCIM107MEDIA

बिन्दु कुमार चाैहान
लुम्बिनी २९ भदौ ।
अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी विकास कोषमा दैनिक ज्यालादारी कर्मचारीहरुद्वारा लगाईएको ताला दुईसाता पछि खुलाइएको छ ।
अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिती अन्र्तगत गठित कार्यदल संसदीय टोली र लुम्बिनी बिकास कोष सचिवालय समितीको बैठकले दैनिक ज्यालादारी कर्मचारीहरुको रोकी राखिएको तलब उपलब्ध गराउन गरेको निर्णय बमोजिम दुबै पक्षबीच सहमति पश्चात ताला खुलाइएको हो ।
तलब खुवाउने सचिवालयको निर्णयलाई प्रक्रियामा लगी आगामी कार्यकारिणी समितीको बैठकको अन्तिम निर्णय गराई तलब खुवाउने शर्तमा कोषको मूलगेटमा लगाइएको ताला खुलाई आन्दोलनरत ज्यालादारी कर्मचारीहरु आ आफनो काममा फर्किने कोषका कार्यवाहक उपाध्यक्ष सुरेन्द्रमुनि साक्यले जानकारी गराए ।
आगामी बोर्ड बैठकको पाँच दिन सम्म तलब खुवाउने समझौता कार्यन्यन नगरेको खण्डमा आफूहरु पुनःतालाबन्दी गर्न बाध्य हुने ज्यादारी संर्घष समितीका सचिव महफूज मुसलमानले चेतावनी समेत दिए ।
मंसीरदेखि तलब उपलब्ध गराउन माँग राखी ५२ जना दैनिक ज्यालादारी कर्मचारीहरु भदौ १३ गते देखि कोषमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।