दिपावलीकै दिन सवारी दुर्घटना, दुइजना घाइते

सहबान अन्सारी, कातिक २ गते ।
नवलपरासीको बैदौलीमा विपरित दिशाका दुईवटा मोटरसाईकल एक अापसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन ।
झुलनीपुर त्रिबेणी सडकखण्ड अन्तर्गत प्रतापपुर गाऊंपालिका वडा नं. ५ बैदौलीमा विहिवार सांझ झुलनीपुरदेखी सुरजपुरा तर्फ जादै गरेको यु.पी. ५३ डब्लु ५४२० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको यु.पी ५३ डब्लु १३४७ नम्बरको मोटरसाईकल एक अापसमा ठक्कर खांदा दुबै माेटरसाइकल चालक घाइते भएका हुन् । 
घाइते हुनेमा प्रतापपुर गाऊपालिका वडा नं.५ बस्ने मोटरसाईकल चालक ३५ वर्षे छोटई यादव र अर्का मोटरसाईकल चालक सोही गाऊपालिका वडा नं.६ बस्ने २५ वर्षे राजेश कुमार घाईते भएका छन । छाेटइकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ ।
घाईते दुबैजनालाई उपचारको लागि सहिद स्मृति समुदायिक अस्पताल चौपत्ता लगिएको सशस्त्र प्रहरी बोर्डर आऊट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेकाे जनाइएकाे छ ।