दाेस्राे सरावल अध्यक्ष गोल्डकपमा रुपन्देही र नवलपरासी फाइनलमा प्रबेश

 उमेश बि.क/ नवलपरासी ,२३ माघ
नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा जारी “स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद” भन्ने मुल नाराकाे साथ दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगितामा रुपन्देही र नवलपरासीका फुटबल टिम फाइनलमा प्रबेश गरेका छन ।
बिहिवार भएकाे पहिलाे सेमिफाइनल खेल गंगा सामुदायिक विकास प्रतिष्ठान गंगावस्ती र जे.के. ब्रर्दश एफसि मगरमुडहा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा .के. ब्रर्दश एफसि मगरमुडहालाई ४ काे बिरुद्ध ५ गोलले गंगा सामुदायिक विकास प्रतिष्ठान गंगावस्ती बिजयी भएको हाे। खेलमा गंगावस्तीका राजन कुंवर म्यान अफ द म्याचले सम्मानित भएका हुन। यस्तै विहिवार नै भएको दाेस्राे सेमिफाइनल खेलमा जनज्योती एफसी तिलोत्तमाले भैरव एफसी गोपिगञ्जलाई पेनाल्टी सुटआउटमा १–० गोलले पराजीत गरेको हो ।
निर्धारित समयमा कुनैपनि टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि ५–५ गोलको बराबरी भएपछि अन्तिम पेनाल्टी सुटआउटमा तिलोत्तमाले गोपिगञ्जलाई १–० गालले पराजीत गरेको हो । खेलमा तिलोत्तमाका सचिन चौधरी म्यान अफ द म्याच चुनिए । उनलाई सरावल गाउँपालिका वडा नं २ का वडा अध्यक्ष शम्भु चौधरीले कप सहिद सम्मान गर्नुभएको हाे।
फाइनल खेल माघ २५ गते शनिवार हुनेछ । फाईनल खेल अघि थारु सामुदायको सांस्कृती बिहान ९ बजेदेखि प्रस्तुती समेत रहने भएको छ। सांस्कृतिक प्रस्तुतिकालागि राष्ट्रिय थारु गायिका अन्नु चाैधरी , सरगम चाैधरी ,दिपेन चाैधरी लगाएत स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति रहने छ। प्रतियोगितामा कुल १६ अाेटा टिमकाे सहभागिता रहेको थियाे ।
प्रतियोगिताको बिजेता हुने टिमले एक लाख ५१ हजार १ सय ११ रुपैँया र उपविजेता हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैँया र प्रमाणपत्र प्राप्त गर्ने छ ।