दाउरा टिप्न गएका एक व्यक्ति नारायणीमा बेपत्ता, खाेजी कार्य जारी

नवलपरासी, साउन ९ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित नारायणी नदीमा दाउरा टिप्न गएका स्थानीय एक व्यक्ति सुक्रवार विहान ६ बजे नदीमा डुबेका छन् ।

नदीमा अाएकाे बाढीले बगाएर ल्याएकाे दाउरा टिप्न गएका सुस्ता गाउंपालिका वडा नं ५ रामनगर घर भएका ५० बर्षीय राधेश्याम काेइरी खुट्टा चिप्लेर नदीमा डुबेकाे स्थानीय रूदल चाैहानले बताए । उनीसंगै दाउरा टिप्न गएका गाउंकै अन्य २ जनाले दाउरा तान्ने प्रयास उनकाे खुट्टा चिप्लेर नदीमा लडेकाे बताएका हुन् ।

बेपत्ता भएका काेइरीकाे स्थानीयवासी र प्रहरीले खाेजी गरि रहेकाे रामनगर प्रहरी चाैकी इन्चार्ज असइ जनक थापाले बताएका छन् ।

साउन महिना कै ६ गते नदीमा दाउरा टिप्न गएका नरसहीका ३२ वर्षे अर्का एक युवक पनि डुबेका थिए ।