दलित अधिकार तथा छुवाछूत सम्बन्धि अभिमुखिकरण

संजय कुशवाहा /नवलपरासी जेठ ७

नवलपरासीको प्रतापपुर गाउपालिका वडा न.६ को वडा कार्यालयमा दलित अधिकार तथा छुवाछूत सम्बन्धि अभिमुखिकरण २ दिने तालिम आजबाट सुरू भएको छ । कानुनी सहायता तथा अनुसन्धान केन्द्र (लार्क) जमुनिया नवलपरासीको आयोजना तथा प्रतापपुर गाउपालिका वडा न.६ वडा कार्यालयको सहयोग उक्त तालिम सुरू गरिएको छ ।अोम प्रकाश दुसादको अध्यक्षता तथा प्रतापुर गाउपालिका वडा न.६ का वडा अध्यक्ष हरिराम उपध्यायको प्रमुख अतित्यता रहेको थियो ।सो कार्यक्रममा छबिलाल हरिजन ,कनहिया हरिजन,अोटिस हरिजन,सहबान अन्सारी ,बच्चा राय,साधना राय ,संजय कुशवाहा लगायतहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा महिला पुरूष गरि ५० जनालाई संतोष कुमार हरिजनले प्रक्षिक्ष्ण दिएका थिए भने कार्यक्रमको संचालक काशीनाथ हरिजनले गर्नु भए को थियो ।