दलहरूकाे चुनावी प्रचार तिब्र बन्दै

पप्पु रेग्मी, बर्दघाट, २६ कात्तिक ।

नेपाली कांग्रेस प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको यही मसीर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागी सबैदलहरूले चुनावी प्रचार प्रसार अभियान तिव्र पारेका छन् ।

यसै क्रममा नेपाली कांग्रेस कावासोति नगर समीतिले एक कार्यक्रमका विच १ हजार १ जना प्रचार प्रसार समीति गठन गरेको छ । नेपाली कग्रेस नवलपरासीका सभापति एव प्रतिनिधी सभा प्रदेश नम्बर २ क का उम्मेदावर विष्णु लामीछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कावासोति नगर सभापति मुकुन्द भट्टराइको संयोजकत्वमा प्रचार प्रसार उपसीमिती गठन गरीएको हाे ।

कार्यक्रममा विष्णु लामिछानेले निर्वाचनमा नेपाली काग्रेसलाइ कसरी विजय हासिल गर्न सकीन्छ त्यस तर्फ कटिबद्ध भएर लाग्न सम्पुर्ण कार्यकर्ताहरुलाइ निदेर्शन दिनुभयो ।

यसैगरी कावासोति नगरपालिका भित्र रहेका १७ वटै वडामा वडा कार्यलय गठन गर्ने, टोलटोलमा समीति गठन गरी परीचालन गर्ने नगर सभापति मुकुन्द भट्टराइले जानकारी दिनुभयो ।

यसैगरी नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुर जिल्ला क्षेत्र नम्बर १ अन्तर्गत विभिन्न वडामा शुक्रबार नेपाली कग्रेसले वडा कार्यालयको उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रम शुरु गरेको छ ।

क्षेत्र नम्बर १ क का प्रतिनिधि सभा उम्मेदवार एव पुर्व ससद महेन्द्र ध्वज जिसी सहीतको टोली शुक्रबार पहाडि क्षेत्रमा कार्यकर्ता भेटघाट तथा वडा कार्यालय उदघाट शुरु गर्नु भएको छ ।

जस अन्तर्गत कावासोति नगरपालिका वडा नम्बर १ बालुवा डाडा, बुलिङटार गाउपालिकाको वडा नम्बर ५ र ६ मा पार्टि कार्यालयको समुदघाटन गरीएको छ ।

टोलीमा नेपाली कग्रेस क्षेत्र नम्बर १ ख का प्रतिनिधि सभा समानुपातिक उम्मेदवार कर्णेल धन बाहादुर मास्की राना, समानुपातिक उम्मेदवार  बालकृष्ण बाकाबल लगाएत ६० जनाको टोली पाहाडी क्षेत्रको कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रममा व्यस्त भएका हुन ।

त्यस्तै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको यही मसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागी दलहरु प्रचार प्रसारमा व्यस्त भएका छन ।

यसै बीचमा नवलपरासीको बर्दघाट सुस्तापुर्व नवलपुर जिल्लामा स्थित राष्टिय जनमोर्चाले आफनो चुनावी अभियानलाइ तिव्र बनाएको छ । राष्टिय जनमोर्चा पार्टी क्षेत्र नम्बर २ को भेलाले विकाराम चौधरीको संयोजकत्वमा १०१ जनाको चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

जसमा पुरन गिरी, मान बाहादुर लामा, प्रेम कुमारी उचइ, नारायण गरी, मनपति अधिकारी, प्रेम गुरुङ, यमबहादुर जिसी, इश्वर गिरी, हुता गिरी, तुलविर बराल, भिमाकान्त पौडेल, देवी पौडेल, डम्बर क्षेत्री, गिरीकृष्ण अर्याल लगाएतका कार्यकर्ताहरु समावेश रहनुभएको संयोजक विकाराम चौधरीले जानकारी दिनुभएको छ ।

त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले शुक्रवार घरदैलो गरेका छन् । प्रदेश नम्बर ५ अन्तरगत  प्रतिनिधिसभा १ का उम्मेदवार रामचन्द्र पोखरेल सहितका उम्मेदवारहरुले बर्दघाट नगरपालिका वडा नम्बर १४ ,१५ र १६ मा घरदैलो गरेका हुन ।

घरदैलोमा मोर्चाका प्रदेशसभा १ का प्रत्यक्ष उम्मेदवार सुर्यप्रसाद सापकोटा समानुपातिक उम्मेदवार दुर्गा चौधरी देजमोका बर्दघाट नगर अध्यक्ष राजु प्रसाद खनालले नेतृत्व गर्नुभएको थियो ।