थारु समुदायको यमोसा (पितृ औंसी) पर्व थारु समुदायको यमोसा (पितृ औंसी) पर्व 

कारी महतो, असाेज ३ गते, चितवन ।

यसवर्ष चितवन र नवलपुरका थारु समुदायले असोज ४ गतेका दिन धुमधामपूर्वक यमोसा अर्थात पितृऔंसी पर्व मनाउँदैछन् । थारु समुदायले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउ“छन् । हरेक पर्वहरुको आफ्नै विशेषता र महत्व हुन्छ । ती चाडपर्वहरु मध्ये “यमोसा” (पितृ औंसी) पर्व पनि एक हो ।

“यमोसा” चितवन र नवलपुरका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृहरुलाई तर्पण गर्ने गर्दछन् र उक्त दिन औंसी पर्ने भएकोले यस पर्वलाई पितृआंैसी पनि भनिन्छ । यो पर्व असोज महिनाको औंसीको दिन पर्दछ । दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ ।

यमोसा पर्व दुई दिन धुमधामसंग मनाइन्छ । यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ । त्यसदिन खसी, बोका, हाँस, कुखुरा काट्ने पनि काट्ने गरिन्छ ।अर्को दिन अर्थात् यमोसाको दिन पुरुषहरु सबेरै आफुले देखेका दाभी (सिरु) काटी ल्याउ“छन् । त्यसलाई केलाएर करीब एक हात लामो कुचो बनाई धोई पखालेर घर अगाडि गाईको गोबरले पोतेको ठाउमा पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका फुलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ ।

त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । नुहाइधुवाइ गरीसकेपछि नया“ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोई) गरिन्छ । त्यसपछि मात्र खानपिन शुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइ“ वा कुनै पाहुना बोलाई खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ ।

यसरी पाहुनालाई खुवाउनुलाई “पितरी बेठोई” भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफुले खाने गरिन्छ । यता केटीहरुले पाहुनाको कपालमा तेल लगाई काइ“योले कोरीदिने गरिन्छ । त्यसपछि उल्टो नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई “पित्पित्रायन खेदई” भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउनुपर्छ ।

यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । उता गाउ“का सबैजना एकैठाउ“मा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पा“च छ वटा पिङ लगाइन्थ्यो । यता केटाहरुले सा“झपख गाउ“को बाटोको महत्वपूर्ण ठाउ“मा “म्वाह्रा” गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।

बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा “यमोसा” खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउ“दै यम्वासा खान्छन् । उनीहरुले गाउने केही गीतहरुका अंश यसप्रकारका छन् –गीत नं. १ डौली डौली मोदवा देले दबकाई  बौरी बौरी मोदवा देले निसकाई  मोदहर्नीक मोदवा घुघल बाजे ……गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,   कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी ……गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,   दाली परैय गेल, मासु परैय गेल,   यौर परल गजमोती जेवहु“ सभरे,   गोतियवा–गोतिनिया मन चितलाई……….तर अब ती गीतहरु, ती म्वाह्रा र बरहाहरु, पितरी र पित्पित्रायनहरु, ती पहुनी र छाकीहरु…..सबै सबै लोप हु“दैछ ।

थारु समुदायका केहि व्यक्तिहरुले यमोसा (पितृ औंसी) को सट्टा दशैं मात्र मनाउने गर्न थालेका छन् । किनकी हाम्रो देशमा यमोसा मनाउने वातावरण छैन । राज्यबाट नै वातावरण बिगार्ने काम भइरहेको छ । थारु समुदायलाई आफ्नो संस्कृति, रितिरिवाज प्यारो लाग्छ तर बाध्य भई आफ्नो संस्कृति छोड्नु परिरहेको छ । किनकी यहा“ नाम मात्रको सद्भाव छ तर गहिरिएर हेर्ने हो भने गैरथारुद्वारा थारु समुदायको संस्कृतिलाई घृणाको दृष्टिले हेरिन्छ ।

थारु समुदायको पर्वहरुमा विदा दिइदैन । स्थानीय विदा हुनुपर्नेमा पर्वकै दिन परीक्षा राखिन्छ । जसले गर्दा यमोसा जस्तो मौलिक तथा साँस्कृतिक सम्पदा लोप हुन गइरहेको छ । विभिन्न जातजातिका संस्कृतिलाई राष्ट्रको सम्पत्तिको रुपमा जगेर्ना गर्नका लागि राज्यले नै ठोस कदम चाल्नुपर्छ अन्यथा पाश्चात्य सँस्कृतिले नेपालका मौलिक लोक संस्कृतिहरुलाई विस्थापित गर्ने कुरामा दुईमत नहोला ।