तस्करीकाे माल नियन्त्रणमा लिदा प्रहरीलाइ हम्मेहम्मे

न्युज डेस्क, असाेज ९ गते, नवलपरासी ।

भारतबाट राजश्व छलेर नेपाल भित्रयाउदै गरेकाे साढे २ लाख बढीकाे मालसामान राजश्व अनुसन्धान गस्ती टाेली बुटवलले पक्राउ गरि कारवाही चलाएकाे छ ।

नवलपरासीकाे महेशपुर नाकाकाे रमपुरवा हुदै नेपाल पसेकाे अवैध माल बुटवल अनुसन्धानका सई बी बी कन्डेलको नेतृत्वमा खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे । तर तस्करीकाे साे माल प्रहरीले नियन्त्रणमा लिन सकेन । तस्करहरूले माल नियन्त्रणमा लिन दिएनन । माल नियन्त्रणमा लिन खाेज्दा प्रहरी र तस्करबीच घम्साघम्सी परेकाे थियाे ।

तस्करलाइ स्थानीयवासीले सहयाेग गरेका थिए । तस्करहरू स्थानीयवासीकाे सहयाेगमा प्रहरीले नियन्त्रणमा लिइ सकेकाे माल समेत खाेसेर लुकाउन सफल भए । स्थानीयले बल पुर्वक माल खाेस्न थालेपछि प्रहरी पछाडि हटेकाे थियाे । प्रहरीले नियन्त्रणमा लिएकाे माल गाडीमा लाेड गरी लैजान लागेकाे बेला साे खिंचातानी भएकाे हाे ।

राजश्व अनुसन्धान टाेलीले थप बल मगाएपछि सशस्त्र प्रहरी बल बेलासपुर र सशस्त्र प्रहरी बल हरपुरकाे टोली घटनास्थलमा पुगेपछि पुनः छापामारी गरी तस्करीकाे कपडा गाउंघरबाट बरामद गरिएकाे थियाे । तस्करीका लागि नेपाल प्रहरीले लाइन खाएकाे स्थानीयवासीकाे दावी छ तर प्रहरीले लाइन खाएर पनि माल किन समातेकाे भन्दै केही बेर तनाव सिर्जना गरेका थिए ।

दशैंकाे माैका छाेपी सीमामा तस्करी बढेकाे भन्दै खटेकाे टाेलीले असाेज ८ गतेका दिन करीब २ लाख ५० हजार भन्दा बढीको साे कपडा बरामद गरेकाे बताइएकाे छ ।