तराई राहत वितरण समीक्षा एवम् सम्मान कार्यक्रम नवलपरासीमा

उमेश बि.क./ ५ मंसिर, नवलपरासी ।
बिकल्प एवम् सुनवल सामुदायिक बिकाश केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालकाे सहयोगमा २०७४ भदौमा नवलपरासीमा वितरण गरेकाे राहत सहयाेगकाे समीक्षा गरेकाे छ ।

जिल्लाकाे प्रतापपुर गाउँ पालिका र सरावल गाउँ पालिकामा अबिरल बर्षाकाे कारण डुबानमा परी बिस्थापित भएका अति बिपन्न १५८४ घर परिवारलाई ७३ लाख २७ हजार ६ सय १३ रुपैया बराबरको खाद्य एवम् गैर खाद्य सामाग्री बितरण गरिएको थियाे ।

बिकल्प संस्थाकी अध्यक्ष कबिता ज्ञवालीकाे सभापतित्व तथा प्रतापपुर गाउँ पालिका प्रमुख राज कुमार शर्माकाे प्रमुख अातिथ्यत्तामा कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रममा बाेल्दै गाउँ पालिका प्रमुख शर्माले अबिरल बर्षाकाे कारण डुबानमा परी बिस्थापित भएका अति बिपन्न घर परिवारलाई बितरण गरिएको राहत सामग्री सराहनिय छ।

बाढीमा स्रोत र साधन कम भएको बेला अाफ्नाे अमुल्य सहयोग गर्नुभएकोमा धन्यवादका पात्र हुनुहुन्छ । बिकल्प एवम् सुनवल सामुदायिक बिकाश केन्द्र र युनाइटेड मिसन टु नेपाल अन्य संस्था भन्दा फरक रहेकाे भन्ने कुरामा जाेड दिनु भएको थियोे । साथै यश क्षेत्रकाे समाज परिवर्तन कार्यमा हातेमाले गरि बढ्ने र अन्य कार्यक्रमकाे लागि सहयोग र साथ अाफु अगाडि बढ्ने बिचार राख्नुभएको छ।

कार्यक्रमकाे उद्देश्य माथि प्रकाश एवम् बाढी प्रभावित राहत बितरण कार्यक्रमकाे प्रस्तुति युनाइटेड मिसन टु नेपाल कल्टर टिमलिडर विशाल क्षेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा सरावल गाउँ पालिका लेखापाल नरेश काेहार, सुनवल सामुदायिक बिकाश केन्द्रकाे कार्यक्रम संयाेजक राधा सापकोटा, जन जागृति नि.मा.बि सरावल ६ का प्रधानाध्यापक बर्मा पटेल, ईलाका प्रहरी कार्यालय बेलाटारी सई राजन बाबू थापा, वाल्मीकि बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक केशव अधिकारी, बिकल्पका फिल्ड काेडिनेटर राम नगिना गुप्ता लगायतले मन्तब्य राखेका थिए । भने राहत बितरण कार्यमा सहयोग गर्ने सुस्ता गाउँ पालिका, सरावल गाउँ पालिका, ईलाका प्रहरी कार्यालय भुजहवा, ईलाका प्रहरी कार्यालय सेमरी, ईलाका प्रहरी कार्यालय बेलाटारी, वाल्मीकि बचत तथा ऋण सहकारी संस्थाका गाेपिगन्ज,जन जागृति नि.मा.बि सरावल ६, ईलाका प्रशासन कार्यालय सेमरी, बेथेल चर्च बर्दघाट, बिकल्प एवम् सुनवल सामुदायिक बिकाश केन्द्र लगाएतका संघ संस्थालाई युनाइटेड मिसन टु नेपालले सम्मान गरेको छ।