डकर्मी तालिम सम्पन्न

उमेश वि.क / सरावल , ५ मंसिर

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ पर्सा टोलमा अाज ७ दिने दक्ष डकर्मी तालिम सम्पन्न भएको छ ।

युनाइटेड मिसन टु नेपालकाे सहयोगमा तथा बिकल्पकाे अायाेजनमा प्रतापपुर गाउँपालिका वडा नं.३,६,७ र ८ का अति बिपन्न २५ जनालाई दक्ष डकर्मी तथा अात्मनिर्भर बनाउने उद्देश्यले ७ दिने दक्ष डकर्मी तालिम अाज सम्पन्न भएको हाे।

साे डकर्मी तालिम खासगरी लक्षित समुदाय जस्तै बाढी प्रकोपबाट प्रभावित घरदुरी,आर्थीक अवस्था कमजोर भएका,गाँस, बास र कपासको समेत समस्या रहेको अति बिपन्न बस्तीमा सिपमुखि र अाय अार्जन तथा अात्मनिर्भर कार्यमा टेवा पुग्ने स्थानियहरुले बताएका छन ।

गत साउन महिनामा गएको ठुलो बाढीबाट भएको क्षतिमा त्यहाँका ब्यक्तिहरुले निकै सास्ती भाेगेकाेले युनाइटेड मिसन टु नेपालकाे सहयोगमा बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रम अन्तर्गत सफल परियाेजनाबाट त्यहाका ब्यक्तिहरुकाे जिवनस्तर उकास्न र अात्मनिर्भर बनाउनकाे लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै अाइरहेकाे छ।

७ दिने दक्ष डकर्मी तालिम बिकल्पद्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रम अन्तर्गत सफल परियाेजना अधिकृत चेतनराण चाैधरीकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख अातिथ्यता रहेको थियो।

कार्यक्रममा वडा नं. ८ वडा अध्यक्ष राम हरि उपाध्याय ,वडा नं. ७ वडा अध्यक्ष हरेन्द्र प्रसाद यादव ,वडा नं. ८ वडा अध्यक्ष कादिर अलि अन्सारी , फिल्ड अपिसर रामनगिना गुप्ता , बिश्वनाथ हरिजन,कालू महताे लगाएतले बाेल्नुभएकाे थियाे।

तालिममा भवन निर्माण अाचार संहिता, भवन बनाउदा ध्यान दिनुपर्ने कुराहरुकाे बारेमा जानकारी दिईएकाे हाे ।

तालिमको प्रशिक्षण ग्रामिण महिला सेवा केन्द्र मकवानपुरका प्राबिधिक अपिसर राम प्रसाद शर्माले गर्नुभएको थियाे।

तालिममा सहभागी २५ जनालाई प्रमाण पत्र सहित अावश्यक पर्ने सामग्री कर्नि ,बसुलि,हेक्सा बलेट,घण्टी ,लेबल ,फेन्टि लगाएतकाे सामग्री पनि हस्तान्तरण गरिएको छ।