ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सुस्ता ५ मा सम्पन्न

श्याम थापा सुस्ता ६ फाल्गुन
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ को वडा कार्यालयले सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिकहरुलाई जाडोबाट जोगाउने उद्देश्यले सम्मान स्वरूप सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाले कम्मल वितरण गरिएको हो । सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवामा रहेकोे २ सय ७० ज्येष्ठ नागरिकहरुलाई एक एक थान कम्मल वितरण गरिएको सुस्ता गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष प्रभुनाथ यादवले बताउनु भयो ।
सम्मान कार्यक्रम सुस्ता गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष प्रभुनाथ यादवको अध्यक्षयतामा र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा भएको हो । सो कार्यक्रममा पत्रकार श्याम थापा, सन्जित कुमार शर्मा, भागिरथी पाल, पुर्व गाबिस उपाध्यक्ष पक्लिहवाका दिनेश यादव, मिठ्ठुु बनिया र स्वास्थ्य चौकी पक्लिहवाका अहेब चन्द्रमणि भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।