जेसिज केन्दिय अध्यक्षलाई नवलपरासीमा स्वागत

अनिल यादव,नवलपरासी, ३० भदौं ।
जेसिजका केन्द्रिय अध्यक्षलाई एक कार्यक्रमका विच नवलपासीमा स्वागत गरिएको छ । रामग्राम जेसिजले भदाै २७ गते आयोजना गरेको स्वागत कार्यक्रममा जेसिजका पदाधिकारी लगायत अन्य संघ संस्थाहरुको उपस्थितिमा स्वागत तथा सम्मान गरिएको हो ।
वर्ष १०१७ का राष्ट्रिय जेसिज अध्यक्ष प्रकाश अधिकारी, ईभिपि राष्ट्रिय कार्यकारी उपाध्यक्ष श्रीधर बस्याल, राष्ट्रिय महासचिव भरत प्रर्साई राष्ट्रिय उपाध्यक्ष मन्झरी घिमिरे लाई स्वागत गरीएको थियो । रामग्राम जेसिजका अध्यक्ष संजय पाठकको अध्यक्ष्तामा भएको कार्यक्रममा जेसिज एण्टा नेतृत्व विकास गर्ने संस्था बताएको छ ।
यो संस्था नाफामुलक नभई व्यक्ति क्षमता विकास, समाजिक विकास, सम्बन्ध जोड्ने लगायतको क्षेत्रमा काम गर्ने संस्था भएको राष्ट्रिय अध्यक्ष अधिकारीले बताउनु भएको छ । यस संस्थामा वर्षपछि कार्यसमति फेर्ने तथा नयाँ नेतृत्व दिनेकार्य हुने गरेको बताउनु भएको छ ।
त्यसै विच केन्द्रिय अध्यक्षले अब केहि महिना मात्र बाँकि भएको कारणले शाखा जेसिजहरुसंग भेटघाट गर्दै हिडनु भएको छ । कार्यक्रममा सम्मान स्वरुप मायाको चिनो हस्तान्तरण गरिएको थियो भने पत्रकार महासंघका पुर्व अध्यक्ष केशव पराजुली, नागरीक समाज शम्भु उपाध्यय, पत्रकार वेनिमणि बस्याल, पुर्व जेसिज अध्यक्ष गिरीराज पाण्डे, पुरुषोत्तम ढकाल र महिला जेसिज रिङ्गला यादव लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।