जुवातास खेल्दै गरेका होटल संचालक सहित पक्राउ

संजय कुशवाहा, १ मंसीर
नवलपरासीको बर्दघाट नगरपालिका वडा न.२ चिसापानी स्थित रोयल होटलबाट जुवा तास खेलि रहेका १२ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
आईतवार साझ इलाका प्रहरी कार्यलय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जुवा तास खेलि रहेको अवस्थामा १२ जना ब्यक्तिलाइ नगद ३ लाख ८७ हजार ९ सय ६५ रूपैयाँ, ४ बुक तासका साथै होटल संचालक ध्रुब भण्डारी समेतलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक राजिव श्रेष्ठले बताए ।