छठ पर्वको रौनक तथा चहलपहल

संजय कुशवाहा / नवलपरासी, ५ मंसिर

पश्चिम नवलपरासी सहित तराईका केही जिल्लाहरूमा अहिले छठ पर्वको प्रियता बढेको छ ।
तराईहरूको केही जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा प्रचलित हुदै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बुधबार देखि सुरु भई शनिबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा नवलपरासीको विभिन्न ठाउहरू रामग्राम नगरपालिका , सुनवाल नगरपालिका ,बर्दघाट नगरपालिका ,पाल्हिनन्दन गाउँपालिका ,सरावल गाउँपालिका ,प्रतापपुर गाउँपालिका ,सुस्ता गाउँपालिका लगायतका क्षेत्रहरूमा रहेको ताल,तलैया,नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ ।
कार्तिक मास शुक्ल पक्षको षष्ठीका दिन यो पर्व हरेक साल मनाउने गरेको छ । दोस्रो दिन खरना , तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । धार्मिक सदभावको रूपका स्थापित हुदै गरेको छठ पर्व हिन्दु समुदाय मात्र नभई मुस्लिम लगाएत हरूको सहभागीता रहेको हुदा बिगतको दिन भन्दा छठ पर्व हरेक वर्ष वृद्धि हुँदै गएको देखिन्छ ।
यो पर्वमा हरेक समुदायको चासो बढदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ ।
जिल्लाका विभिन्न जात जाती समेत छठ पर्व मनाउने गरेका छन । यो अवसरमा पुजाको लागि घर-घरमा विषेश त्यारी समेत गरिएको छ ।