च्याउ टिप्न गएका बालकहरू रातभरि सम्पर्क विहिन

नवलपरासी, ४ साउन ।

जंगली च्याउ टिप्न मदरबाबा जंगल गएका बर्दघाट नगरपालिका १५ तेलहा गांउका १० जना किशाेरहरू हिजाे साउन ३ गते सुक्रवारदेखि सम्पर्क विहिन बनेका छन् ।

च्याउ टिप्न जाने भनेर सुक्रवार दिउंसाे १ बजे गाउंका १६/१७ वर्ष उमेर समुहका १० जना किशाेरहरू एकसाथ जंगल पसेका थिए । राती अबेरसम्म घर नफर्किदा अाफन्तले खाेजी शुरू गरेकाे स्थानीय टेक बहादुर थारूले बताए । उनका छाेरा सुरज चाैधरी पनि हराइरहेका छन् । थारूले भने, मेराे छाेरा सुरज संगै नवीन चाैधरी, मान बहादुर चाैधरी, सागर र सन्दीप लगायत १० जना दाैतरीहरू संगै गएका हुन ।

उनीहरूसित माेबाइल रहेकाे तर माेबाइलमा सम्पर्क हुन सकिरहेकाे छैन । स्थानीय वासीन्दा, प्रहरी तथा वनकर्मीहरू समेत परिचालित भए तर सनिवार विहान सम्म उनीहरूकाे खाेजी हुन सकेकाे थिएन । सनिवार विहान फेरी गाउंका थप व्यक्तिका साथ खाेजी थालिएकाे थियाे ।

सनिवार विहान १० बजे हराएका मध्ये एकजनाकाे फाेन अाएकाे र हामी पहाड पारी हराएका छाैं भन्ने बताए पछि खाेजीका लागि गाउंले घना पहाड तर्फ उक्लिएका छन् । माेबाइल नेटवर्क नभएका कारण सम्पर्क विहिन भएकाे स्थानीयकाे भनाइ छ ।