गुठी प्रसाैनी नाकाबाट कुुखुरा तस्करी तिब्र, प्रहरी माैन

नन्दु यादव, बेलाटारी असाेज १६ ।

नवलपरासी जिल्लाकाे सिमा क्षेत्र गुठी प्रसाैनी नाकाबाट भारि मात्रामा कुखुरा तस्करी भईरहेकाे स्थानियबासिहरुले बताएका छन ।

भारतकाे बहुअार बजारसग जाेडिएकाे याे नाकाबाट कुखुराकाे तस्करी भईरहेकाे हाे । सिमा नजिकै नेपालमा कुखरा फर्म सन्चालन गरि भारतिय कुखरा भित्र्याई नेपालका महगाे रेटमा बेचिरहेकाे बताईएकाे छ ।

नेपालमा ब्यवसाय सन्चालन गरि भारतबाट सस्ताे मुल्यमा खरिद गरि नेपालमा ल्याएर महगाे रेटमा बिक्रि गरिरहेकाे स्थानियबासिले बताएका छन । नेपालकाे कागजपत्र देखाई दिनदहाडै तस्करहरु कुखुरा तस्करी गरिरहेका छन ।भारतबाट साईकल माेटरसाईकलमा बाेकेर नेपाल भित्र्याउने काम गरिएका छन ।

ब्यापारीहरुकाे सक्रियतामा भारतीय कुखुरा बुटवल, नारायणघाट जस्ताे ठाउमा नेपालकाे बिल (रसिद) प्रयाेग गरि कुखुरा बिक्री गरिरहेका छन । नेपाल सरकारले भारतीय कुखुरा नेपालमा अाउन निशेध गरेकाे भए पनि स्थानिय प्रहरीहरुकै मिलाेमतामा खुलेयाम तस्करी भईरहेकाे छ ।

स्थानिय प्रहरीहरुलाई महिनाकाे लाईन खुवाई धमाधम तस्करहरु तस्करी गरिरहेका छन । नेपाल सरकारले सिमा सुरक्षाका लागि प्रहरी चाैकि, सशस्त्र सिमा सुरक्षा बल समेत राखेकाे छ तर प्रहरी नै रक्षककाे रुपमा काम नगरि खुलेयाम तस्करी गराईरहेका छन । सिमा नाका भारतबाट कुखुरा तस्करी, दाल चामल, चिनि कपडा लगायतका सामानहरुकाे तस्करी बढदै गइरहेकाे छ।