नवलपरासी, २० माघ ।

नवलपरासी बर्दघाट सुस्ता पुर्व बिनयीत्रिवेणी गाउँपालिकाले स्थानिय बिनयी खोलाको ठेक्का चितवनको भरपुरका हिरोज कन्सट्रक्शनलाई मिलोमतोमा दिन लागेको आरोप लगाउदै स्थानियले गाउँपालिकमा तोडफोड गरेका हुन् ।

शुक्रबार विहान कार्यालय खोल्ना साथ स्थानियले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरि झ्यालको सिसा फुटाएका छन् । शुक्रबार १९ गते खोलाका लागि भरिएका १२३ वटा टेण्डर फर्म खोल्ने दिन रहेकाले गाउँपालिका अध्यक्ष एवं प्रशासकिय अधिकृतले हिजो साँझ ४ बजेनै बाहिरी जिल्लाका उक्त कन्स्ट्रक्शनलाई टेण्डर फर्म किन भराए भनि प्रश्न उठेको थियो । स्थानियले टेण्डर फर्म भरेको थाहा पाएपछि खोला आफुहरुले संरक्षण गरेकोले टेण्डर पनि स्थानियले मात्रै हाल्न पाउनुपर्ने गाउँपालिका संग माग राखेका थिए ।

गाउँपालिकाले गत मंसिर १९ गते एक सूचना प्रकाशित गरि बिनयी खोलाको बिभिन्न ६ खण्डलाई बिभाजन गरेर टेण्डर आब्हान गरेको थियो । ३१ लाख ७ हजार ८ सय ६८ घनफिट परिणाम रहेको उक्त खोला एक करोड २४ लाखमा ३७ हजार ६ सय ५२ रुपौया न्युनतम मुल्य राखेर टेण्डर आब्हान गरिएको थियो ।

टेण्डर बुझाउने म्याद माघ १९ गते दिउसो १२ बजेसम्म रहेकाले गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसी एवं प्रशासकिय अधिकृतले भरतपुरको उक्त कन्सट्रक्शनलाई विहिवार साँझ ४ बजे बोलाई टेण्डर फर्म भराएपछि स्थानियमा आक्रोस बढेको थियो ।

टेण्डरको कुरा लिएर बिहिबार साँझ विवाद उत्पन्न भएपछि गाउँपालीका अध्यक्षले हिरोज कन्सट्रक्सनले हालेको फर्म शुक्रबार विहान झिक्न लगाउने स्थानिय संग सहमति गरेका थिए । तर आज विहान दिएको बचन पुरा नगरि मोटो रकममा मिलेमतो गरि हिरोज कन्सट्रक्शनलार्ई ठेक्का दिन लागेको भन्दै स्थानिले कार्यालयमा तोडफोड गरेका बताएका हुन् ।

यता गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले, जिल्ला बाहिरको व्यक्तीले टेण्डर हालेको देख्न नसकेर स्थानियले कार्यालयमा दादागिरी देखाउदै तोडफोड गरेको आरोप लगाए । यहाँ स्थानियले कानुन हातमा लिने र एकलौटी गर्ने अध्यक्ष जिसीले आरोप लगाए । उनले भने, खोलाको ठेक्का आफुँ पार्न केहि स्थानिय युवाहरुले स्थानियलाई उचालेर कार्यालयमा तोडफोड गराएका हुन् ।