गाउँपालिका प्रमुखकाे कार्यशैली प्रति असन्तुष्टि, कार्यक्रम बहिष्कार

नवलपरासी १८ जेष्ठ ।
वडाको सिफारिस बिना योजनाहरुको रकम पछ्यौट गरिदिने जस्ता गलत कार्य गरि रहेको हुदा गाउँपालिका बाट संचालन हुने  कार्यहरु लाई बहिष्कार गरेको वडाध्यक्षहरुकाे दावी: उपप्रमुख पनि रुष्ट

प्रतापपुर गाउँपालिका प्रमुख राजकुमार शर्माकाे हेपाहा प्रवृतिका कारण पटकपटक सजग गराउदै अाएका गाउँ कार्यपालिकाका सदस्यहरु अाज सुक्रवार कार्यक्रम बहिष्कार गरेका छा् ।

प्रतापपुर गाउँपालिका वार्ड न ६ का अध्यक्ष हरेन्द्र यादवले गाउँपालिका अध्यक्ष शर्माले गाउँपालिकाबाट भए गरेकाे कुनै पनि काम कारवाहीको जानकारी नदिने गरेको अराेप लगाए । उनले भने गाउँपालिकाको कर्मचारी र अध्यक्ष शर्मा मिलेर हैकमवादी शासन चलाउन खोजेको कारणले आफुले प्रतापपुर गाउँपालिकाको अन्य गतिविधिलाई पनि बहिष्कार गर्ने चेतावनी दिनु भयो ।

उप प्रमुख अन्जु कुमारी चौधरीले कार्यपालिका सदस्यसंग सरसल्लाह नगरि आफ्नो मनाेमानी ढंगले कार्य गरेकाे अाराेप लगाईन । उहाले गाउँपालिकाको सम्पूर्ण कार्य पारदर्शी नरहेको भन्दै गाउँपालिकाको अन्य कार्य तथा गतिविधिमा सहभागी नहुने भन्दै तालिम बहिष्कार गरेको बताउनु भयो ।

प्रतापपुर गाउँपालिका वार्ड न ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पन्जियारको भनाइ अनुसार प्रतापपुर गाउँपालिकाका अध्यक्ष र गाउँपालिकाको कर्मचारीहरुले वडा अध्यक्ष र गाउँ कार्यपालिकाको सदस्यहरुलाई नटेरेको र गाउँपालिका र वडा बाट संचालन भएको योजनाहरुको पनि गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले वडा अध्यक्षहरुलाई जानकारी नदिने र वडाको सिफारिस बिना योजनाहरुको रकम पछ्यौट गरिदिने जस्ता गलत कार्य गरि रहेको हुदा गाउँपालिका बाट संचालन हुने  कार्यहरु लाई बहिष्कार गरेको र जबसम्म गाउँपालिकाको अध्यक्ष राजकुमार शर्मा र गाउँपालिकाको कर्मचारीहरुको यस्तो हरकत अन्त्य नहुदा सम्म आफुहरु गाउँपालिकाको गतिविधिलाई बहिष्कार गरिरहने बताउनु भयो ।

बहिष्कारमा प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी, प्रतापपुर गाउँपालिका वार्ड न १ अध्यक्ष मान बाहादुर चौधरी,वार्ड न ३ का वडा अध्यक्ष दिवाकर प्रसाद थारु, वार्ड न ४ का वडा अध्यक्ष जयन्त्री प्रसाद बडई, वार्ड न ५ का वडा अध्यक्ष त्रिभुवन सिंह, वार्ड न ६ का वडा अध्यक्ष राम हरि उपाध्याय, वार्ड न ७ का वडा अध्यक्ष हरेन्द्र यादव, वार्ड न ९ का वडा अध्यक्ष हेमेन्द्र कुमार पन्जियार रहनु भएको छ । भने गाउँ कार्यपालिका सदस्य संगीता हरिजन, संगीता धोबी, बन्धु प्रसाद बढई, कल्पना चौधरी, सैदुन नेशा र हरिलाल लोहार गरि ६ जना रहेका छ्न ।

यश बिषयमा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मालाई जिज्ञासा राख्दा आफुलाई अनावश्यक दोष मात्र लगाएको गाउँपालिका अध्यक्ष शर्माले बताउनु भयो । एकमात्र वडाध्यक्ष कादिर अलि मात्र शर्मा सित रहेकाे बताईएकाे छ । शर्मा अलिकाे इशारामा चल्नु पनि असन्तुष्टिकाे कारणहरुमध्ये एक हाे ।

प्रतापपुर गाउँपालिकामा जिल्ला समन्वय समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीले आयोजना गरेको योजना तथा बजेट तर्जुमा सम्बन्धिको तालीम प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी लगाएत ७ जना वडा अध्यक्ष र ६ जना गाउँ कार्यपालिका सदस्य सहित तालिमको बहिष्कार गरेका थिए ।