गण्डक नहरमा दुईजना बेपत्ता

संजय कुशवाहा/नवलपरासी माघ २४ गते ।

नवलपरासीको मदारमेला जान हिडेका बाबुछाेरा नुहाउने क्रममा गण्डक नहरमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा  सुस्ता गाउपालिका वडा न.२ फेनहराका बर्ष ५५ का छोटई बनीया र उनको छोरा बर्ष १९ का बृजेश बनीया रहेका छन् ।

नुहाउदै गर्दा नहरमा पानीकाे बहावले बगाउन थालेपछि बुवालाई बचाउन खाेज्दा छाेरा पनि हराएका हुन ।

खोजी कार्य भैरहेको कुडिया प्रहरी चौकी ईन्चार्ज डम्बर क्षेत्रिले जानकारी दिनुभयो ।