१३ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।