नवलपरासी, २२ असाेज

गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले नारायणी नदीकाे अध्ययन अनुगमनमा आएकाे भारतीय अधिकारीकाे उच्च स्तरिय टाेलीलाइ नेपाली भूमीमा गर्नुपर्ने अति आवश्यक कामकाे व्याेहाेरा पत्र बुझाउदै ध्यानाकर्षण गराएकाे छ ।

नारायणी नदीकाे बाढी नियन्त्रणका लागि काम गरिरहेकाे भारत सरकारकाे सशक्त निकाय “गंगा बाढी नियन्त्रण आयाेग” का निर्देशक अभय कुमारलाई संघर्ष समितिले फिल्ड मै ध्यानाकर्षण पत्र थमाएकाे प्रवक्ता वृजराज कुशवाहाले अनलाइनजनता संग बताए ।
प्रवक्ता कुशवाहाले भने वर्षमा एक पटक अध्ययन अनुगमनका लागि नारायणी आउने गरेकाे यश टाेलीले निर्दिष्ट गरेकाे काम भारत सरकारले आगामी सिजनमा कार्यान्यवन गर्ने गर्दछ । समितिले यस अघि पनि पटक पटक याे माग दावी गर्द‌ै आएकाे छ । यस अघि पत्राचार गरिएकाे पत्रमा साढे ८ लाख ५० हजार क्युसेक पानी बहाव क्षमता रहेकाे नारायणीकाे तटबन्धकाे क्षमता गिर्दै जांदा यश वर्ष आएकाे जम्मा ४ लाख ३६ हजार क्युसेक पानीकाे बहावले झण्डै बांध ओभरफ्लाे गरेन । स्थिती भयावह बनेकाे थियाे । तटीय क्षेत्रका वासीन्दा त्रसित बन्न पुगेका थिए । बाढीकाे पानी ओभरफ्लाे हुन सके बांध भत्किन पनि सक्थ्याे ।
बर्षेनी नदीकाे पिंध उकासिदै गएकाे अवस्थाबारे ध्यानाकर्षण गराउदै भएकाे कुराकानीमा समाधानकाे पहल गर्ने बताउदै भारतीय अधिकारी निर्देशक अभय कुमार सकारात्मक हुँदै याे रिपाेर्ट भारत सरकारलाई पेश गर्ने आश्वासन दिए ।
समितिले भारत सरकारले नारायणाी नदी तट नेपालमा बनाएकाे सबै बांधहरूकाे चाैडाइ ४ मीटर तथा उंचाइ २ मीटर थप गर्नुका साथै नदीलाइ चैनलाइज गर्ने माग गरेकाे छ ।
गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीकाे टीम अध्यक्ष डीएन गुप्ताकाे नेतृत्वमा उपाध्यक्ष पवित्रा न्याेपाने, प्रवक्ता वृजराज कुशवाहा र सदस्य रामप्रसाद न्यौपाने सहभागी थिए ।