खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

 

उमेश बि.क / सरावल , १० पुस

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ गाेबरहियामा अाज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न छ।

नेपाल रेडक्रस सोसाईटी रामपुर खडाैना उपशाखाकाे अायाेजनामा तथा सिद्धार्थ मा.बि गाेबरियाकाे सह अायाेजनामा उक्त खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हाे।

रक्तदान कार्यक्रममा २४ जनाले रगत दान गरेको सिद्धार्थ मा.बि गाेबरहियाकाे प्र.अ सुखाडि प्रसाद चाैधरीले बताएका छन ।

नेपाल रेडक्रस सोसाईटी रामपुर खडाैना उपशाखाकाे सभापति सुभान अलि अन्सारीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे।

रक्तदान कार्यक्रममा बोल्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले रक्तदान जीवनदान जस्तो पवित्र कार्यमा यस्ता अभियान सन्चालन भैरहेकोमा रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा रक्त सन्चार बिभाग संयाेजक सुरज के.सि , वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादव, नेपाल रेडक्रस सोसाईटी देवगाव उपशाखाका सभापति रामउग्र यादव , सिद्धार्थ मा.बि गाेबरहियाकाे प्र.अ सुखाडि प्रसाद चाैधरी , समाजसेवी जन्मेजय यादव ,हिमालय युवा क्लब अध्यक्ष नरेश फाैजदार,शिव प्रकास चाैधरी , राकेश सहानि , शिव चाैधरी ,सुरेश प्रसाद चाैधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सिद्धार्थ मा.बि गाेबरहियाकाे शिक्षिका मिना के.सि ले संचालन गर्नु भएको थियो ।