केटी पछ्याउदा सिमामा युवक पक्राउ

संजय कुशवाहा नवलपरासी /असार ९

नवलपरासी जिल्लाको गुठी परसौनीमा सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट गुठी परसौनीले भारतको डान्स पार्टीमा भर्ना गर्नको लागि नेपालमा आएका भारतीय एक जना युवकलाई पक्राउ गरेको हो ।
नवलपरासी जिल्लाको गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले नाकामा चेक जाचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको चितवन जिल्लाको भरतपुर महानगर वडा न.५ गीतानगर पटेनी बस्ने गरेकि १७ वर्ष सुसिला परियार केही दिन पहिला अरूको प्रलोभनमा भारत गएकीी थिईन ।

भारतको महराजगंज जिल्लाको निचलौलमा भएको सुरज मेयुजिकल ग्रुप रेकर्डिङ डान्स पार्टीमा नाचने काम गरेकि थिन । रेकर्डिङ डान्स पार्टीका मालिक जबर्जस्ती नचाउने पैसा नदिने र दिनमा बाहिर जान नदिने अर्थात कैदि जस्तो दिनमा कोठा भित्र थुनेर राखने गरेका थिए । रेकर्डिङ डान्स पार्टीमा काम गर्ने एक युवक अफनो प्रलोभनमा पारी ती युवती संग आज शनिबारको दिन दिउसोमा कोई थाहा नपाउने गरि बिवाहा पनि गरेको हो ।ती युवती करिब तीन बजेको समयमा आफ्नो ज्यान बचाई त्यहा बाट भागेर नेपाल आएकी थिन।
त्यसै बखत सुरज मेयुजिकल ग्रुप रेकर्डिङ डान्स पार्टीमा काम गर्ने वा युवतीलाई प्रलोभनमा पारी बिवाहा गर्ने भारतका महराजगंज जिल्लाको निचलौल वडा न.९ हिन्दी होहल्ला घर भएका १९ वर्ष नबी अन्सारीले ती युवतीहरूलाई म संग बिवाहा गरि सकेको छौ र अब नेपाल जान पाउदैनै मेरो साथमा तिमीलाई डान्स पार्टीमा डान्स गर्नु पर्छ भने पछि युवती लुकिछिपी नेपाल आएकी थिन । युवकले पछ्याउँदै युवतीलाई नेपाल नाका बाट जबर्जस्ती नेपाल बाट भारत तर्फ लैजान खोज्दा नाकामा सशस्त्र प्रहरीले ती दुई जनाको झगडा बुझन जादा युवती ती सबै कुरा प्रहरीलाई बताए पछि सशस्त्र प्रहरी अन्सारी युवकलाई नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलाटारी पठाएको सशस्त्र प्रहरी बल नेपाल वार्डर आउट पोस्ट गुठी परसौनीले जनाएको छ ।