कुश्तिकाे उपाधि भारतलाइ

सञ्जय कुशवाहा/सहबान अन्सारी, कार्तिक ३ नवलपरासी ।
नवलपरासीको प्रतापपुर गाउंपालिका वार्ड न.७ गुठी सुर्यपुरामा अायाेजित लक्ष्मी पुजाको अवसरमा सञ्चालित मेला तथा विराट दंगल कुश्ती मेला आज सुक्रवार सम्पन्न भएको छ ।
मेलाको विशेष आकर्षणकाे रूपमा रहेको कुस्ती प्रतियोगिताको प्रथम उपाधी भारतका शैलेस पहलवानले हासिल गरेका छन् । उनले भारत महराजगञ्जका बल्ले पहलवानलाइ पराजित गरी साे उपाधि हात पारेका हुन् । 
लक्ष्मी पुजा समिति गुठी सुर्यपुराको आयोजनामा सञ्चालित साे प्रतियोगिताको उद्घाटन नेपाली काग्रेसका नेता एवम पुर्व सांसद देवकरण प्रसाद कलवारले गर्नुभएको थियो ।
कार्यक्रममा क्षेत्र ६ का नेका क्षेत्रिय सभापति मुकुल अचार्य, प्रतापपुर गाउपालिका वार्ड न.७ का वडा अध्यक्ष हरेन्द्र यादव, वार्ड न. ८ वडा अध्यक्ष कादिर अलि अन्सारी, ब्यासमुनी कुशवाहा, अनु कुमार हरिजन, कन्हैया कुमार हरिजन, मन्त्रिका केवट, सञ्घर्ष जयसवाल र भरत भुवाल चाैहान लगायतको उपस्थिति थियो ।
उक्त प्रतियोगितामा २० जोडी पहलवानहरुले प्रतिस्पर्धा गरेका थिए ।