संजय कुशवाहा/सहबान अन्सारी, नवलपरासी  पुस ७ ।

नवलपरासीको सुस्ता गाउपालिका वाडा न.५ पक्लिहवामा वडा स्तरिय किशोरी भलिबल प्रतियोगिता आज सुरु भएको छ ।

सम्बाद किशोरी किशोरी सञ्जाल पक्लिहवा नवलपरासीको आयोजनामा भएको सो प्रतियोगिता दिपक माध्यमिक विध्यालय पक्लिहवाको प्राङ्गणमा सुरु भएको हो ।

प्रतियोगितामा सुस्ता गाउपालिका वाडा न.५ का किशोरीहरू सहभागी भएका छन । आयोजकले दिएको जानकारी अनुसार यस भलिबल प्रतियोगितामा प्रथम आउने किशोरीलाई गोल्डेन मेडल,कपि प्रदान गरिने छ भने द्वितिय आउने किशोरीलाई सिलवर मेडल र कपि प्रदान गरिने छ ।

प्रतियोगितामा २७ जना किशोरीहरूको सहभागीता रहेको छ । सम्बाद किशोर किशोरी सञ्जाल पक्लिहवाको अध्यक्ष धर्मशिला गुप्ताको अध्यक्षता भएको सो कार्यक्रममा दिपक माध्यमिक विध्यालयका प्रधान अध्यापक संजय कुशवाहा, सुस्ता गाउपालिका ५ का वडा अध्यक्ष प्रभुनाथ यादव, ए.बि.सि नेपालका क्षमता अभिवृद्धि उतप्रेरक संजित शर्मा, शिक्षक, अभिभावक लगाएको उपस्थिति थियो ।