काङ्ग्रेसको कार्यकर्ता भेटघाट एवं सप्ताह रुपी सहिद दिवस कार्यक्रम सम्पन्न

उमेश बि.क सरावल /माघ १५, २०७४

नवलपरासीको सरावल गाउँपालिका ४ काेटहि मन्दिर गाेबरहियाकाे मन्दिर परिसरमा सप्ताह रुपि सहिद दिवस कार्यक्रम एवम् कार्यकर्ता भेटघाट कार्यक्रम अाज सम्पन्न गरिएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिकाे अायाेजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रम नेपाली काङ्ग्रेस सरावल गाउँपालिका समन्वय समिति संयाेजक बिनाेद कुमार पान्डेयकाे अध्यक्षतामा तथा नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कन्डेल (मुन्ना बाबु) काे प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य अनिल गाैडकाे बिशेष अातिथ्यतामा सप्ताह रुपि सहिद दिवस कार्यक्रम एवम् कार्यकर्ता भेटघाट कार्यक्रम अाज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नवलपरासी ( बर्दघाट सुस्ता ) पश्चिम निर्वाचन क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्य कन्डेल जिताउनमा लाग्नुहुने सम्पूर्ण कार्यकर्ता र मतदातालाई धन्यवाद दिदै राज्यले वालवालिका , युवा तथा महिलाका क्षेत्रमा धेरै कार्य गर्न भएपनि त्यस तर्फ सुस्त भएको भन्दै उहाले त्यसका लागि बनेका निति नियमको कार्यान्वयनका लागि अाफुले पहल गर्ने बताउनुभएको छ ।

नेपाल कृषि प्रधान देश भएको भन्दै उहाले कृषकलाई राज्यले कृषि औजारको व्यवस्था मिलाईदिनु पर्ने बताउनुभयो । साथ साथै हिन्दुहरुकाे धार्मिक र पर्यटकिय स्थल त्रिबेणि धामलाई नवलपरासी जिल्लामा ल्याउनमा पहल गर्ने बताउनुभयो ।र अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै कँडेलले अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताएका छन् । र यश क्षेत्रकाे बिकास निर्माण कार्यमा सदैव अाफु अगाडि रहने बिचार राख्नुभएको छ।

कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य अनिल गाैड ,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापति अर्जुन पाेख्रेल,सरावल गाउँ पालिका उपाध्यक्ष उतमा राय ,महाधिवेशन प्रतिनिधि माेहन प्रसाद हर्मा,नेपाली काङ्ग्रेस जिल्ला संगठन बिभाग प्रमुख राजेन्द्र सहानि, महाधिवेशन प्रतिनिधि सुखाडि प्रसाद चाैधरी,नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति सीता शर्मा लगाएतले बाेल्नुभएकाे थियाे।